Saturday, September 11, 2010

pramod sharmaka kabitaharu

मानिस
निस्सासिएको बातावरनमा हुर्किएको मानिस
अद्यारोमा पनि उज्यालो खोज्न
छामछाम छुमछुम गर्दै
अगाड़ी बढ़ी रहेको मानिस |
एउटा बच्चाले हिड्ने कोशिस गरे जस्तै
त्यों मानिस शहरको सड़कको पेटिमा
उठ्छ, लड्छ र थेच्चिन्छ |
तैपनी उ अगाड़ी बढ़ने कोशिस गर्छ
बामेंसर्नु उसलाई मन पर्दैन
हजार झटका र पटका खाएर पनि
हिड्ने कोशिस गर्छ |
त्यसैले उ मानिस
आजको नेपालको मानिस |
( Samikchha, nepali weekly, kathmandu, B.S. 2036 kartik, 20/44. )

हाम्रो स्थिति 
हाम्रो स्थिति पुरानो जुत्ताको जस्तो छ 
एकातिर टाल्यो अर्को तिर च्यातिन्छ |
एकातिर सियो अर्को तिर उध्रिन्छ 
टास्ने र च्यातिने
सिउने र उध्रिने यो चक्र 
कहिले सम्म चल्ने हो ?
थाहा छैन |
(समीक्षा, नेपाली साप्ताहिक, काठमांडू, १५ चैत्र २०३६).  

 

No comments:

Post a Comment