Sunday, September 12, 2010

Dashai kahin aayo kahin aayena 2041

दशैं  कहीं  आयो कहीं आएन
आउनुलाई मात्र आएको भन्ने हो भने 
दशैं आयो तिथिमितिको घोडा चढेर 
दिनरातलाई धकेल्दै 
samasyai - समस्याको पोका बोकेर |
बर्षा लाग्नु अगाड़ी 
घरको अन्न बेचेर खेत-बारीको मालपोत तिरियो 
बर्षा याममा पैरोले खेत-बारी लागिदियो 
दशैं आएन, दशा आयो |
तिम्रो घरमा दशैं आयो होला 
दजुहरू डाक्टर र इंजीनियर छन  
बाबु के के को हो (?) ब्यापार गर्छन 
सधै दशैं छ, सधै manaunchhan |
यो परम्परागत असमान समाजको दशैं 
कहाँ सबैको दैलो-दैलोमा पुग्न सक्छ 
यो त ठुलाबड़ाको yeklouti भएर 
डोरीमा झुंडीएको र भांसामा थान्किएको छ |
त्यसैले त भनिन्छ क्यारे -
 दशैं कहीं आयो \ कहीं  आएन |
 कहीं दशैंले ख़ुशीको अनन्त सागर लिएर आयो 
कहीं दशैंले बिस्मातको अनन्त पोका दिएर गयो 
कहीं केटाकेटी हाँसखेलमा मस्त भए
कहीं केटाकेटी रुवा-बाझमा ग्रस्त भए |
सम्पूर्ण नेपालीको महान पर्ब दशैं 
अर्थ मंत्रालयको 
बिशेष bigyapti रूपी नारा झै आयो 
अनि हरायो |
सत्य सत्य भन्ने हो भने 
केही नेपालीको महान पर्ब दशैं आयो र 
मनाईवरी बिदा भयो 
केहीले पत्तो पाए \ धेरैले पाएनन |
( Samikchha, nepali weekly, B.S.2041 mansir 1gate 25|21 ) 
 

No comments:

Post a Comment