Saturday, September 11, 2010

pramod sharmaka kabitaharu -2

नयाँ बर्ष
प्रत्येक बर्ष नयाँ बर्ष आउछ,
भित्ताको क्यालेंडर फेरिन्छ |
मनिसमा कृत्रिम मुस्कान आउँछ,
के के न गरुंला यो बर्षमा सोच्दछ |
* * *
नयाँ क्यालेंडर फेरियो, तर
मेरो आँगमा उही पुरानो लुगा |
क्यालेंडर मात्र फेरेर के हुन्छ ?
क्यालेंडरको भाषा पढ्न सकेपो
* * *
गत बर्ष झै यस बर्ष पनि,
नयाँ -नयाँ येन-कानून  बन्ला |
नयाँ -नयाँ योजनाहरुको घोषणा होला,
पहिले झै भाषण र रासन यथावतै  रहला |
* * *
नयाँ बर्ष बधाईको आडम्बर,
चाकरी गर्ने एउटा सुनौलो अवसर |
केहि पाई हालिंछ कि भन्ने आशा,
त्यस पछि उही पुरानो निराशा |
* * *
नयाँ बर्ष आउछ -जान्छ (ब्यर्थ ?) यो नेपालमा |
शुभकामनाका नयाँ रंगी बिरंगी कार्डहरुले,
सजौछां एक दिन मेरो टेबुललाई |
त्यस पछि उही पुरानो गन्हाउने टेबुलपोश |
* * *
नयाँ बर्षको दिन भोकै बस्दा,
नयाँ बर्षकै दिन रोग लाग्दा,
यस दिन बिदा हुंदाहुँदै पनि
मरयो कि बाँच्यो कोही हेर्न आउदैनन,
तर
सुख समृधी र आरोग्यताको कार्ड पठाउन बिर्सिदैनन |
( आजकाल, नेपाली साप्ताहिक , २०४० बैशाख २ , काठमांडू )             

No comments:

Post a Comment