Thursday, September 16, 2010

kaid chhan - jiwit aatmaharu by pramod sharma

कैद छन - जीवित आत्माहरु
अन्धकार रात
रुखका पातहरु पनि हल्लिन चाह्दैन्न 
आदेश बेगर |
तर मान्छे, होइन मान्छे भित्रको पनि मान्छे 
चलायमान छन-
अनवरत - अनवरत |
**  **  **  **  **
डर खोई ?
जिन्दाबाद-जिन्दाबादको नारा लगाऊदै
भोली उदाउने सूर्यलाई भेट्न
लामो - लामो फड्को लगाऊदै छ्न |
मान्छेका संख्या लाम लाग्दै छ्न 
असंख्य - असंख्य |
**  **  **  **  **
दिउँसो पनि रातको भान पर्ने 
अग्लो पर्खालले घेरिएको,
त्यों घरको कोठा, होइन कालकोठरी 
पृथ्बीको नर्क
मान्छेको जीजिबिषा शांत पार्ने
यातनागार |
**  **  **  **  **  
रातको निस्तब्ध बाताबरण
बुर्जाबाट घृणित दृष्टीहरुको आक्रमण 
औंसीको अंधकार रातमा पनि महसूस हुन्छ |
नाइके र भाई नाइकेका कर्कश स्वरहरु 
रात बाह्र बजे घण्टीको टवांग.....टवांग आवाज र 
अंतर्बेदनाले पिडित मौन आवाजको समवेत स्वरले 
बातावरण अझ गर्हून्गो बंदछ |
**  **  **  **  **
तरुणहरुको स्वभाविक सपना 
सुन्दर, सम्मुनत  र शांत समाजको कल्पना |
त्यों कालो रात र 
त्यों कालकोठरीमा चिच्याउन थाल्छ 
असंख्य कालो बुटको चोटले 
आह, सूर्यको उज्यालो न्यानो किरण कहिले छरिने हो ?
**  **  **  **  **
सभ्यताका उपदेशक र 
शान्तिका रक्षकहरुको समाजमा 
एउटा अँध्यारो कुना, झिंगा र सांग्लाहरु लुकने ठाऊ
गन्हाउने कोठामा कैद छ्न 
फलामे नेल र हतकड़ीले बंधित छन 
असंख्य जीवित आत्माहरू | 

( Rastrapukar, saptahik, kathmandu.18/18 )   






भोली उदाउने सूर्यलाई भेटना 

No comments:

Post a Comment