Saturday, September 25, 2010

kabita - batawaran - kehi bichar by pramod sharma - 2044

बातावरण > केही बिचार
 तापघर   
पृथ्बी 
हामी मनुष्य, जीव जन्तु, कीरा फटेंग्रा र रुख बिरुवाहरुको 
साझा घर 
आज संकटमा छ,
कारबनको अदृश्य आवरणमा घेरिँदै 
दिन प्रतिदिन तापमय हुँदै छ |
बिज्ञान
मनुष्यको सहयोगी बिज्ञान
सृजना,उत्पादन र आनंदको माध्यम बिज्ञान 
आज दैत्यरूपी नंग्रा फैलाएर 
प्रकृतिलाई मास्न उद्धत छ |
मनुष्यलाई मात्र दास्ताको नयाँ सिक्रीमा बांधेर 
आफु मात्र  रजाई गर्न खोजिरहेको छ - बिज्ञान |
अन्तरिक्ष 
एक त 
यांत्रिक टुक्राहरुले प्रदुषित अन्तरिक्षमा 
अब,
अन्तरिक्ष युद्धको एकतर्फ़ी तैयारी चलिरहेको छ 
पृथ्बीले मात्र  होइन अब अन्तरिक्षले पनि 
युद्धको पीड़ा भोग्न तैयार रहनु परेको छ |
बादल 
आकाशमा काला-काला बादलका  टुक्राहरु 
भागाभाग गर्दा मनमा उत्पन्न हुने सुखानुभूति 
अब प्रश्न भएर तेर्सिन्छ |
आकाशबाट झर्ने

निर्मल जल 
बिनाशको सूचक बन्दछ
हर्ष र आनन्दको अनुभूति त्रासमा परिणत हुन्छ |
साँच्चै आज पृथ्बी प्राकृतिक सन्तुलनको संकटमा 
निरिह भएर उभिएको छ 
एउटा सबल उद्धारकको खोजीमा आँखा घुमाईरहेको छ 
प्रकृति  
विकृत प्रकृतिको माझमा को रमाउन सक्छ ?
बन जंगल उजाड़ भएपछि सुक्खा पाखा पर्बत हेरेर
को हाँस्न सक्छ ?
हिम शिखर र हिम नदीहरु सधैं यस्तै रहलान
अब कसले भन्न सक्छ ?
सजाय  
 हरिया बन जंगल, असंख्य खोला नाला 
हिम पर्बत सृंखला, हरिया पर्बत र मैदानमा 
हुर्केका र यहीं मरेका मानिसका संततिहरु
मरुभुमिमा कसरी बस्न सक्लान ?
यहाँ त तेल पनि छैन 
के ग़री जीवन धान्लान ?
अरु त अरु 
मरुभुमिमा बस्ने मानिसलाई 
कसले नेपाली भन्ला ?
संकट
संकटको अदृश्य धारमा हिड़ीरहेका छौ

कहाँबाट कहाँ पुग्ने छौ ?
होस छैन 
समसयै समस्या -
नाभिकीय लपटामा झोसिन्छौ की ?
प्राकृतिक बिपदामा मर्छौं की ? 
राष्ट्र र जाती अस्तित्व प्रश्नको लड़ाईमा होमिन्छौ की 
गांस - बास समस्याको जुलुसमा 
लाठी खांदै , आँखा मिच्दै गोलीको बोलीमा 
सड़कमै समाधिस्थ हुन्छौ की ?
के थाहा ??? 
( समीक्षा , नेपाली weekly , 28\48 , 2044 mungsir 18 )










 

No comments:

Post a Comment