क्रन्तिकारी महान संत कबीर दास
भारतीय महान संत कबीर दासको जन्म काशीमा सन १३९८ ज्येष्ठ पूर्णिमामा भएको थियो |भारतीय उपमहाद्वीपमा बिद्यमान रूढीवादिता एवं आडम्बरहरु माथि उनले कठोर प्रहार गरेका छ्न | उनले श्रृजना गरेका साहित्यले उनलाई एउटा महान समाज सुधारक, धर्मं सुधारक र क्रांतिकारी संतको छबि प्रदान गर्दछ |उनी भक्तिकालका प्रखर साहित्यकार तथा हिन्दू-मुस्लिम एकताका सूत्रधार थिए | उनको देहाबसान सन १५१८ मा कशी नजिकै मगहरमा भएको थियो | संत कबीरका बाणी यस उपमहाद्वीपमा आज पनि गुंजायमान छ | उनी निर्गुण ब्रह्मका उपासक, धार्मिक आडम्बर, कर्मकांडी ब्यवस्था र जातपातका कट्टर बिरोधी थिए |
कबीरको जन्म हिन्दू परिवारमा र लालनपालन मुस्लिम परिवारमा भएको थियो | उनी लेखपढ़ गर्न जान्दैन थिये | उनले बोलेको अरुले टिपिदिनु पर्दथियो | घर परिवार भएका र जुलाहा (कपड़ा बुन्ने) पेशा भएकाले परम्परागत योगी, सन्याशी, संत, महंत भन्दा फरक जीवन शैली अपनाएका थिए | घरमा पत्नी लोई, छोरा कमाल र छोरी कमली थिए |
हिन्दू -मुस्लिम एकताका प्रतिक कबीरका गुरु रामानंद थिए | जब उनको निधन भयो, लास सदगतका लागी हिन्दू र मुसलमान समुदाय बीच झगडा पर्यो | पछि लाश ढाकेको चादर हटाएर हेर्दा त्यहाँ फूलहरु मात्र थियो | दुबै समप्रदायका मानिसहरुले फूल बाँडेर लिए | हिन्दूहरु ले समाधी र मुसलमानहरुले मकबरा एकै ठाऊमा बनाए |

No comments:
Post a Comment